काठमाडौं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ ।
बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक सामसन जंग थापाले घोषणा गरेको टोलीमा ४ खेलाडीलाई बैकल्पिकको रुपमा राखिएको छ ।
पीएम कप कात्तिक १३ देखि २६ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ ।
पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बागमतीको टोली -
ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बास्कोटा (उपकप्तान), रित गौतम, विवेक राना मगर, दुर्गेश थापा,असुतोष घिरैया,इशान पाण्डे, नन्दन यादब, राम नरेश गिरि, प्रतिष जिसी, रिजन ढकाल, सुर्य तामाङ,तिलक राजभण्डारी,सोनु देबकोटा,
बैकल्पिक खेलाडी –
गौरब खड्का, गौतम केसी, अशोक पौडेल,रामासिस महतो