काठमाडौं । धमौरा क्रिकेट एकेडेमी महोत्तरी जिल्लामा अयोजना भएको गोठबनौली प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा एकता युवा क्लबलाई ६ रनले हराएर धमौरा फाइनल पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको धमौराले १८ ओभरमा १० विकेट गुमाउदै १ सय १६ रन बनाएको थियो।
धमौराका लागि रुपेश यादबले २४ बलमा २९ तथा राम सुजीतले १९ बलमा १४ रनको योगदान गरे । एकताका निरंजनले ३ विकेट लिए।
धमौराले दिएको १ सय १७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको एकताले २० ओभरमा १० विकेट गुमाउदै मात्र १ सय १० रन मात्र बनाउन सक्यो ।
एकताका लागि रामपितले १८ बलमा २८ तथा संजीत १९ बलमा १७ रनको योगदान दिए । धमौराका विवेकले ३ विकेट लिए ।
खेलको म्यान अफ द म्याच विवेक घोषित भए ।