काठमाडौं । काठमाडौमा हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेशको टोलीको घोषणा भएको छ ।
प्रादेशिक क्रिकेट संघले यहि असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म कैलाली र कञ्चनपुरमा आयोजना गरेको प्रादेशिक एकदिवसीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट राजु रिजालको कप्तानीमा ४ वैकल्पिक खेलाडीसहित १८ जनाको टोली घोषणा गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यहि कार्तिक १२ गतेदेखि २६ गतेसम्म प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुदैछ ।
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश समूह एमा रहेको छ । समूह एमा सुदुरपश्चिम प्रदेशसहित नेपाल एपीएफ क्लव, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र गण्डकी प्रदेश रहेका छन्।
सुदुरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कार्तिक १४ गते गण्डकी प्रदेशसङ्ग खेल्दै राष्ट्रिय प्रतियोगितामा सुरुवात गर्नेछ।
सुदुपश्चिमको टोली :
राजु रिजाल कप्तान, विकेटकिपर, वसन्त खत्री उपकप्तान, नारायण जोशी, शेर मल्ल, वसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दिपक टमटा, गजेन्द्र बोहरा, विरेन्द्र नाथ, नरेन साउद, कैलाश ऐर, टेक रावत र गजेन्द्र भण्डारी
वैकल्पिक खेलाडी :
खडकबहादुर बोहरा, विरेन्द्र वम, कृष्ण भट्ट र स्मिथ बुढा