काठमाडौं । अष्ट्रेलियामा जारी आइसीसी टी-ट्वान्टी विश्वकपको दोस्रो चरणमा दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
दक्षिण अफ्रिका जित नजिक पुगेको अवस्थामा भारी बर्षाका कारण दुवै टोलीले अंक बाँडेका हुन् ।
सुरुमा नै वर्षाका कारण खेल ९ अोभरमा घटाइएको थियो ।
जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याईरहेको दक्षिण अफ्रिकाले ३ ओभरमा विकेट नगुमाई ५१ रन बनाउदा पुन बर्षा सुरु भएपछि खेल रोकिएको हो ।
दक्षिण अफ्रिकाका लागि पहिलो ओभरमै क्विनटन डी ककले १८ बलमा ४७ रन बनाए । अविजित डी ककले ८ चौका तथा १ छक्का जोडे । कप्तान टेम्बा बभुमाले २ बलमा २ रन जोडे ।
पहिलो ब्याटिङ गर्ने निर्णय गरेको जिम्बावेले ९ ओभरमा ५ विकेट गुमाउँदै ७९ रन जोड्यो । जिम्बाबेका लागि उस्ली माधिभेरीले १८ बलमा ३५ रन जोडेका थिए । मिल्टन शुम्बाले १८ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुन्गी एन्गेडीले २ तथा वाईनी पार्नेल र एनरिक नोर्कियाले समान एक एक विकेट लिएका थिए ।
दुवै टोलीले पहिलो खेलबाट एक एक अंक बाँडेका छन् । यस समूहमा भारत र बंगलादेशको समान दुई अंक छ । नेदरल्यान्ड्स र पाकिस्तान अंक विहिन छन् ।
शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।