पथरी । तेश्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि कीर्तिपुर सातबाघले जितेको छ।
आइतबार सम्पन्न खेलमा रोयल किङमाथि ३ विकेटको जित निकाल्दै कीर्तिपुर सातबाघले दोश्रो पटक उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको रोयलले सातबाघलाई १ सय ७ रनको लक्ष्य दिएको थियो ।
रोयलका राज बस्नेतले २२, भुपेन्द्र राईले १९ र भानु बिकले १४ रन बनाए । कीर्तिपुरका अनिश लुइटेलले ४, अश्विन महतले २ तथा रहर लामाले १ बिकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको सातबाघले १८ ओभर ३ बलमा ७ बिकेट गुमाएर लक्ष्य पुरा गर्यो । सातबाघका अनिश लुइटेलले २६, निधित राईले २५ र रहर लामाले १६ रन बनाए ।
रोयल किङका दिपेश श्रेष्ठले ३, भुपेन राई महेश कार्की र राज बस्नेतले समान एक विकेट लिए । खेलको म्यान अफ दि म्याच अनिश लुइटेल घोषित भए ।
बिजेता कीर्तिपुर सातबाघले १ लाख ११ हजार १ सय ११ सहित ट्रफी जित्यो । उपबिजेता रोयल किङले ५५ हजार ५ सय ५५ मा चित्त बुझायो ।

प्रतियोगिताको बिधागततर्फ क्लासिक इलेभेन हसहन्दका खेलाडीको अधिपत्य रह्यो ।
उदयमान प्रभाशाली खेलाडी हिसाब किताबका नेल्सन दंगाल र हसहन्दका सुजन खत्री घोषित हुदाँ क्लासिक इलेभेन हसहन्दका सुधिर बस्नेतले उदयमान खेलाडीको ट्रफी हात पारे । उत्कृष्ट क्याचको उपाधि बुद्ध युनाइटेडका राकेश राईले जिते ।
उत्कृष्ट फिल्डरको ट्रफी हसहन्दका सोलोमन राईले जिते । उत्कृष्ट ब्याटसम्यान र प्रतियोगिताकै उत्कृष्ट खेलाडी हसहन्दकै सन्जिव धिमाल घोषित भए । उत्कृष्ट बलर रोयलका बिश्व जंग बस्नेतले ट्रफी जिते ।
बिजेता र उपबिजेतालाई पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्वापो र प्रहरी नायब उपरिक्षक बेद प्रसाद गौतमले पुरस्कार वितरण गरेका थिए ।
असोज २२ गते बाट सुरु भएको प्रतियोगितामा नगर भित्रका ८ वटा फ्रेन्चाइज क्लबको सहभागिता रहेको थियो ।