काठमाडौं । टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनाएको हो ।
पाकिस्तानका कप्तान बाबर अजाम आफुले सामना गरेको पहिलो बलमा नै आउट भए ।
इफ्तिहार अहमद र शान मक्सुदले ७६ रनको साझेदारी गरेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । शाहिन शाह अफ्रिदीले ८ बलमा १ छक्का तथा १ चौकाको मद्दतले १६ रन बनाए ।
इफ्तिहारले ३४ बल २ चौका र ४ छक्का खेल्दै ५१ रन बनाएका थिए । मक्शुदले ४२ बलमा ५ चौका मद्दतले ५२ रन बनाएका थिए ।
अन्यले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
भारतका लागि अर्शदिप सिंहले ४ ओभरमा ३२ ओभरमा ३ विकेट लिए । हार्दिक पाण्ड्याले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए ।
भुबनेश्वर कुमारले २ तथा मुहम्मद सामीले १ विकेट लिए ।