काठमाडौं । आयरल्याण्डका अलराउण्डर जर्ज डकरेलले कोभिड–१९ को संक्रमण पुष्टि भए पनि आइतबार श्रीलंकाविरुद्धको टी-ट्वान्टी विश्वकप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा मैदान उत्रिएका छन् ।
आयरल्याण्डले सुपर १२ को पहिलो खेलमा श्रीलंकासँग खेलिरहेको छ ।
क्रिकेट आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै डकरेललाई आईसीसीको दिशानिर्देशअनुसार खेल्न दिईएको जनाएको छ।
विज्ञप्तिका अनुसार, 'डकरेलका लक्षणहरू धेरै हल्का छन्, र टोलीमा एक मेडिकल स्टाफले थप व्यवस्थापन गर्नेछ।'
कोभिड–१९ को पोजिटिभ परीक्षणले डकरेलको खेल्ने वा प्रशिक्षण गर्ने क्षमतामा बाधा पु¥याउँदैन । तर, उनी बाँकी टोलीबाट टाढा रहन खेल तथा प्रशिक्षणमा सहभागी हुन टोलीबाट अलग्गै यात्रा गर्नेछन्।
अगस्टमा अस्ट्रेलियाकी महिला अलराउण्डर ताहलिया म्याकग्राथले कोभिड–१९ को संक्रमणका बाबजुत कमनवेल्थ खेलमा भारतविरुद्ध स्वर्ण पदकका लागि भएको खेलमा प्रतिस्पर्धा गरेकी थिईन् ।