काठमाडौं । अष्ट्रेलियामा जारी रहेको आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा इंग्ल्याण्डले सुखद सुरुआत गरेको छ ।
पर्थमा शनिबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्यो ।
१ सय १३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १८ दशमलब १ ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनायो ।इंग्ल्याण्डको जितका लागि लियम लिविङ्स्टोनले अविजित २१ बलमा २९ रन तथा एलेक्स हेल्सले २० बलमा १९ रन बनाए । जोस बटलर र डाबिड मलानले समान १८ रन बनाए ।
अफगानिस्तानका फैजल फरुकी, रशिद खान, मोहम्मद नाबी, मुजिब उर रहमान र फरिद अहमदले समान १ १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले १९ दशमलव ओभरमा अलआउट हुदै १ सय १२ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाड्रानले ३२ बलमा ३२ रन तथा उस्मान घानीले ३० बलमा ३० रन बनाए ।
नजिबुल्लाह जाड्रानले १३ तथा रमिउल्लाह गुर्वाजले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
इंग्ल्याण्डका लागि साम करनले कीर्तिमानी ५ विकेट लिए । करनले ३ दशमलव ४ ओभरमा १० रन खर्चिएर ५ विकेट लिएका थिए । इंग्ल्याण्डका बलरको टी ट्वान्टी अन्तराष्ट्रियमा लिएको पहिलो ५ विकेट हो ।
यसअघि आदिल रसिदले २ दशमलव २ ओभरमा २ रन दिएर ४ विकेट लिएका थिए । योनै उत्कृष्ट बलिङ फिगर रहेको थियो ।
बेन स्टोकले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए । मार्क उडले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए ।
यो जितसँगै न्युजिल्याण्ड पहिलो खेलमा जित हात पारेर समूह एकको दोस्रो स्थानमा रहेको छ । समूह एको पहिलो खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई पराजित गरेको थियो ।