काठमाडौं । न्युजिल्याण्डका तिव्र गतिका बलर टिम साउदी टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् ।
साउदीले बंगलादेशका कप्तान अलराउण्डर शाकिब अल हसनलाई पछि पार्दै साउदीले शीर्ष स्थानमा उक्लिएका छन् ।
हसनले १ सय ४ खेलमा १ सय २२ विकेट लिएका छन् । साउदीले अष्ट्रेलियाविरुद्धको खेल पछि १ सय २५ विकेटका शीर्ष स्थानमा उक्लिएका हुन् । उनले यो सफलता १ सय १ खेलमा पाएका हुन् ।
अफगानस्तानका रसिद खान ७२ खेलमा १ सय १८ विकेटका साथ तेस्रो स्थानमा रहेका छन् ।
शीर्ष स्थानमा उक्लिएका साउदीले २००८ मा टिम न्युजिल्याण्डको सिनियर टिमका लागि डेब्यु गरेका थिए ।