काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा सुपर १२ का खेलहरु आज शनिबारबाट सुरु हुदैछ ।
सुपर १२ अन्तर्गत समूह एक अन्तर्गतका टिमको दुई खेल हुदैछ । सुपर १२ को पहिलो खेलमा आज मध्यान्ह १२:४५ मा हुदैछ ।
सिड्नीमा हुने यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले गत संस्करणको उपविजेता न्युजिल्याण्डसँग खेल्दै छ ।
यि दुई टोलीबीच भएको पछिल्लो पाँच खेलमा ३ खेलमा अष्ट्रेलिया विजयी हँदा २ खेलमा न्युजिल्याण्ड विजयी भएको थियो ।
आजै हुने अर्को खेलमा पुर्व च्याम्पियन इंग्ल्याण्ड र अफगानस्तानबीच खेल हुदैछ । यि दुई टोलीले खेलेका दुई खेलमा इंग्ल्याण्डले शतप्रतिशत नतिजा निकालेको छ ।
दोस्रो राउण्ड (सुपर १२) को पनि समिकरण पुरा भएको हो । जस अनुसार सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड, पहिलो राउण्ड समूह 'ए' बिजेताको रुपमा श्रीलंका र पहिलो राउण्ड समूह 'बी' को उपबिजेताको रुपमा आयरल्याण्ड रहनेछन् ।
समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह 'बी' को बिजेताका रुपमा जिम्बाबे र पहिलो राउण्ड समूह 'ए' को उपबिजेताको रुपमा नेदरल्याण्ड्स रहने छन् ।
यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।