नवराज चौलागाईं
निजगढ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि मधेश प्रदेश स्तरीय छनोटमा बारा जिल्लाले विजयी सुरुआत गरेको छ ।
सप्तरीमा जारि छनोट खेलमा समूह ‘बी’ को खेल अन्तर्गत बाराले शुक्रबार पर्सा जिल्लालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बाराले ५० ओभरमा ७ विकेट गुमाउंदै ३ सय ६ रन बनाएको थियो ।
पर्सा सामु जितका लागि ३ सय ७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको बाराको लागि कप्तान अनिल साहले सर्वाधिक १ सय ४९ रन बनाए । कप्तान साहले १ सय १५ बलमा १ सय ४९ रन बनाएका हुन ।
पर्सालाई ३ सय ७ रनको विजयी लक्ष्य प्रस्तुत गर्ने क्रममा तृतराज दासले ३३ बलमा ३४,उपकप्तान अरनिको यादवले ३२ बलमा २५,निकेस गुप्ताले १२ बलमा २३ र मेघराज महराले ६६ बलमा २३ रनको योगदान गरे ।
जवाफी ब्याटिङमा उत्रिएको पर्सा ३७ ओभर २५ बलमा १ सय ४२ रङ बनाउदै अलआउट भयो । पर्सालाई सस्तैमा समेट्ने क्रममा बाराका निखिल सिङ एक्लैले ५ विकेट लिए । खेलको म्यान अफ द म्याच बाराका कप्तान अनिल साह घोषित भए ।
छनोट अन्तर्गत शुक्रबार नै भएको अर्को खेलमा रौतहटले सर्लाहीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेकोछ । टस जितेर ब्याटिङ गर्ने निणर्य गरेको सर्लाही ४४ ओभर १ बलमा १ सय ८९ रनमा समेटियो ।
रौतहटको लागि अतिस दासले ४८ बलमा ३१ र रोशन मगरले ४९ बलमा २८ रन बनाए । सर्लाहीलाई दबाबमा राखेको रौतहटकालागि राजेश यादवले ५५ रन खर्चंदै ३ विकेट लिए भने नरेश साहले २३ रन दिएर २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको रौतहटकालागि डब्लु मलिकले ९७ बलमा १ सय १ रन र अरविन्द जैसवालले ८६ बलमा ७५ रन बनाउंदै रौतहटलाई १० विकेटको सानदार जित दिलाए ।
छनोट अन्तर्गत शनिबार बाराले रौतहटसंग प्रतिस्पर्धा गर्नेछ भने पर्साले सर्लाहीसंग प्रतिस्पर्धा गर्नेछ । छनोट प्रतियोगिता अन्तर्गत समूह ए का सिरहा र धनुषा सेमिफाईनल प्रवेश गरिसकेका छन् ।
समूह ए मा महोत्तरी,धनुषा,सिरहा र सप्तरी रहेकाछन भने समूह बी मा बारा,पर्सा,रौतहट र सर्लाही रहेका छन् ।