काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज शुक्रबार दुई खेलहरु हुँदैछ ।
होबार्टमा शुक्रबार पहिलो राउण्डका दुई अन्तिम खेलहरु हुदैछन् । आज हुने खेलहरु समूह 'बी' का दुई खेलहरु रहेका छन् ।
पहिलो खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड खेल्दै छन् । खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ । एक एक खेलमा जित हात पारेका दुबै टोली आजको खेल जितेर अर्को राउण्डमा स्थान बनाउँन चाहन्छन् ।
शुक्रबार नै हुने दोस्रो खेलमा समूह 'बी' का स्कटल्याण्ड र जिम्बाबे खेल्दै छन् । यि दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।
एक एक खेलमा जित हात पारेका दुबै टोली आजको खेल जितेर अर्को राउण्डमा स्थान बनाउँन चाहन्छन् ।
समूह 'ए' बाट नेदरल्यान्ड्स र श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेका छन् ।
यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।
पहिलो राउण्डको समूह 'ए' मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् । दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् ।
यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ । दुई समूहका शीर्ष २/२ टोली सेमिफाईनको लमा पुग्ने छन् । यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।