पोखरा । किर्तिपुर सातबाघ पथरी शनिश्चरे प्रिमियर क्रिकेट लिगको फाइनलमा पुगेको छ ।
बिहीबार भएको पहिलो क्वालिफायरमा रोयल किङमाथि ८ रनको जित निकाल्दै सातबाघ तेश्रो संस्करणको लिगमा फाइनलमा पुगेको हो ।
सातबाघले दिएको १ सय ३४ रनको लक्ष्य रोयलले पूरा गर्न सकेन । लक्ष्य पच्छाएको रोयलले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनायो ।
रोयलका लागि दिपेश श्रेष्ठ ४९ रन बनाएर आउट भए । बिबेक मोक्तानको बलमा आश्विन महतले क्याच गरे ।
सातबाघका लागि रहर लामाले ३, विवेक मोक्तानले २ अनिश लुइटेल र केलिन राईले १/१ विकेट लिए ।
त्यस अघि ब्याटिङ गरेको किर्तिपुर सातबाघले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३३ रन बनायो । अनिश लुइतेलको अर्धशतकीय इनीङमा सातबाघले सो योगफल बनायो ।
सातबाघका निधित राईले २७ रन बनाए । रोयलका दिपेश श्रेष्ठ र राज बस्नेतले २/२ बिकेट लिए भने महेश कार्कीले १ विकेट लिए ।
अर्धशतक प्रहार गरेका अनिश लुइटेल म्यान अफ दि म्याच घोषित भए ।
बिहिबार नै भएको इलिमेटर खेलमा क्लासिक एलाभेन हसहन्द विजयी हुदै दोश्रो क्लालिफायरका लागि छनौट भएको छ ।
हिसाबकिताब ट्राइडेन्स माथि ५ विकेटको जित निकाल्दै हसहन्दले शुक्रबार हुने दोश्रो क्लालिफायरमा रोयलसंगको भेट पक्का गरेको हो ।