काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स र श्रीलंका दोस्रो चरणमा पुगेका छन् ।
बिहिबार भएको खेलमा नामिबिया यूएईसँग ७ रनले पराजित भएसँगै नेदरल्यान्ड्स र श्रीलंका अर्को चरणमा पुगेका हुन् । नेदरल्याण्ड्सलाई पराजित गरि दोस्रो राउण्डमा प्रवेश गरिसकेको थियो ।
नेदरल्याण्ड्स दोस्रो चरणमा पुग्न नामिबिया पराजित हुनु पर्ने थियो । युएईले लिएको दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नामिबीयाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन मात्र बनायो ।
नामिबियाका डेबिड बिजेले ५५ रनको अर्धशतकीय पारी खेले । रुबिन ट्रपिलम्यानले २५ रन जोडे कप्तान ग्रहार्ड ईरामसले १६ रन बनाए । यूएईका लागि बासिर हमिद र जाहोर खानले २/२ तथा कार्तिक मयप्पन,मुहम्मद वासिम र जुनेद सिद्धिकिले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । यूएईका लागि मुहम्मद वासिमले ५० रनको अर्धशतकीय पारी खेले । कप्तान सीपी रिजवानले अविजित ४३ रन बनाउँदा बासिल हमिदले अविजित २५ रन बनाएका थिए ।
नामिबियाका लागि डेबिड बिजे,ब्रेनाड स्कोलजे र बेन सिकोगोले समान १/१ विकेट लिए । जितका बाबजुत यूएई प्रतियोगिताबाट बाहिरिदा नेदरल्याण्ड्स भने समूह ए को उपबिजेताको रुपमा अर्को राउण्डमा पुगेको छ ।
नेलरल्याण्ड्सले दोस्रो राउण्डको सुपर १२ मा समूह एकमा प्रवेश पाएको छ । यस समूहमा नेदरल्याण्ड्स सहित भारत , पाकिस्तान रहेका छन् ।
समूह ए को शीर्ष स्थानमा रहदै श्रीलंका सुपर १२ मा पुगेको छ । उसले सुपर १२ मा आयोजक सहित न्युजिल्याण्ड तथा इंग्ल्याण्ड लगायतका मुलुकसँग खेल्ने छन् ।