काठमाडौं । कार्तिक मैयप्नको ह्याट्रिकका बाबजुत युएई श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले भने दोस्रो खेलमा पहिलो जित निकालेको छ ।
भिक्टोरियाको दक्षिण जिलोनमा भएको खेलमा श्रीलंका ७९ रनले विजयी भएको हो । श्रीलंकाले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको यूएईले १७ दशमलब १ ओभरमा अलआउट हुदैँ ७३ रन मात्र बनायो । युएईका लागि आयान खानले १९ तथा चिराग सुरीले १४ रन बनाए ।
जुनेद सिद्धिकिले अविजित रन १८ बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकाका लागि दुश्मन्था चमिरा तथा वानिन्दु हसरंगाले समान ३/३ विकेट लिए ।

महेश तिक्षण २ तथा प्रमोद मधुशंका र डासुन शनकाले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेका श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
श्रीलंकाका लागि पाथुम निशंकाले ७४ रनको अर्धशतकीय पारी खेले । धनन्जय डि सिल्भाले ३३ रन जोड्दा कुशल मेन्डिसले १८ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । यूएईका लागि कार्तिक मैयप्नले ह्याट्रिक ३ विकेट लिए ।
टी-ट्वान्टी विश्वकपमा मैयप्न ह्याट्रिक लिने पहिलो युएईका बलर हुन् । १३.३ ओभरमा भानुका राजपाक्षे , १३.४ ओभरमा चरिथा अशलंका तथा १३.५ ओभरमा कप्तान दासुन शनकालाई उनले आउट गरेका थिए ।
जाहोर खानले २ तथा आर्यन लाक्रा र आयान खानले समान १/१ विकेट लिए । जितसँगै श्रीलंका २ खेलमा २ अंकका साथ पहिलो राउण्डको समूह ए मा तेस्रो स्थानमा रहेको छ ।
हारसँगै २ खेलमा जित विहीन रहेको यूएई पुछारमा रहेको छ ।