काठमाडौं । पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले पहिलो क्वालिफायर खेल आज मंगलबार खेल्दैछ ।
पीजेसीएलको पहिलो क्वालिफायर खेलमा शार्कले बहावालपुर रोयल्सविरुद्ध खेल्नेछ । खेल पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ६:४५ मा रहेको छ ।
शार्क यो खेलमा जित निकाल्दै फाईनल प्रवेश गर्न चाहन्छ । रोयल्स पनि सोहि लक्ष्यमा हुनेछ । आजको खेलमा जुन टिम बिजेता बन्छ सोही टोली फाईनलमा पुग्ने हुँदा यो खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
समूह चरणमा शार्कले रोयल्ससँग ८ विकेटको हार व्यहोरेको थियो । शार्कले समूह चरणमा खेलेको पाँचै खेलमा कुशल भने चारै खेलमा प्लेईङ-११ मा रहेका थिएनन् ।
पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो । तर, अघिल्ला खेलमा कुशल बेन्चमा रहेका थिए ।
१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए ।
कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।
