काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित हात पारेको छ ।
मंगलबार भएको खेलमा नामिबियालाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
नामिबियाले दिएको १ सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरागर्यो ।
नेदरल्यान्ड्सका लागि विक्रम जितसिंहले ३९ रन जोड्दा म्याक्स ओ डाउनले ३५ रन बनाए । बास डि लिडले अविजित ३० तथा टिम प्रिनगिलले अविजित ८ रन बनाए ।
नामिबियाका लागि जेजे स्मिटले २ तथा ब्रिनार्ड स्कोल्टज र जान फ्रायलिंग्कले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
नामिबियाका लागि जान फ्राकलिंग्कले ४३ रन जोड्दा मिचेल भान लिन्गिलले २० रन बनाए । स्टेफन ब्राडले १९ तथा कप्तान ग्रेहार्ड इरास्मुसले १६ रन बनाएका थिए ।
डेबिड बिजेले अविजित ११ रन बनाउँदा जेजे स्मिटले अविजित ५ रन जोडे ।
नेदरल्यान्ड्सका लागि बास डि लिडिले २ तथा टिम प्रिनगिल,पल भान मिक्रन,कोलिन एक्रिकम्यान र राईलोफ भान डिर मिर्वले समान १/१ विकेट लिए ।
जितसँगै नेदरल्यान्ड्स ४ अंक सहित समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नामिबिया भने २ अंक सहित दोस्रो स्थानमा झरेको छ ।