काठमाडौं । अष्ट्रेलियाको क्रिकेट बोर्डले प्याट कमिन्सलाई एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको नयाँ कप्तान नियुक्त गरेको छ ।
कप्तान आरोन फिन्चले केही महिना अघि एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास घोषणा गरेका थिए । उनको स्थानमा हाल टेस्ट टिमका कप्तान रहेका कमिन्सलाई टोलीको कप्तानी दिईएको हो ।
२९ वर्षीय कमिन्सले अष्ट्रेलियाका लागि ७३ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । टी-ट्वान्टीको भने ३६ वर्षीय फिन्च कप्तान नै रहने छन् ।
घरेलु मैदानमा आयोजना हुने विश्वकपमा उनले अष्ट्रेलियाको नेतृत्व गर्ने छन् ।