काठमाडौं । आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज मंगलाबार दुई खेलहरु हुँदैछ । भिक्टोरियामा मंगलबार पहिलो राउण्ड अन्तर्गत समूह 'ए' का दुई खेलहरु हुँदैछन् ।
पहिलो खेलमा नामिबिया र नेदरल्याण्ड्स खेल्दै छन् ।खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा जित हात पारेका दुवै टोली आज पनि जित हात पारेर अर्को चरण प्रवेश गर्न चाहन्छन् ।
मंगलबार नै हुने दोस्रो खेलमा समूह 'ए' का श्रीलंका र यूएई खेल्दै छन् ।
यि दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ । पहिलो खेलमा हार व्यहोरेका दुवै टोली आजको खेल जितेर अर्को चरणको सम्भावना जिवित राख्न चाहन्छन् ।
यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।
पहिलो राउण्डको समूह 'ए' मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह 'बी' मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् ।
दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ ।
दुई समूहका शीर्ष २/२ टोली सेमिफाईनको लमा पुग्ने छन् ।
सुपर १२ को समूह एकमा अष्ट्रेलिया,न्युजिल्याण्ड,अफगानस्तान,इंग्ल्याण्ड,पहिलो राउण्ड समूह 'ए' बिजेता र पहिलो राउण्ड समूह 'बी' को उपबिजेता रहनेछन् ।
समूह दुईमा भारत,पाकिस्तान,दक्षिण अफ्रिका,बंगलादेश,पहिलो राउण्ड समूह 'बी' को बिजेता र पहिलो राउण्ड समूह 'ए' को उपबिजेता रहने छन् ।
यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।