पथरी । लिगको अन्तिम खेलमा बिजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटबाट बाहिरिएको छ ।
आइतबारेले क्लासिक एलाभेनमाथी ३३ रनले बिजयी हुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ ।
आइतबारेले २० ओभरमा ६ बिकेट गुमाएर दिएको १९२ रनको लक्ष्य हसहन्दले पुरा गर्न सकेन ।
४८ रन बनाएका हसहन्दका संन्जिव धिमाल आइतबारेका कप्तान द्रोणजंग बस्नेतको बलमा आर्मश राईबाट क्याच आउट भए । बुद्ध आलेमगरले २९ र निशान ढकालले १६ रन बनाउन बाहेक अन्यले हसहन्दका तर्फबाट गतिलो रन बनाउन सकेन्न । आइतबारेका द्रोणजंग बस्नेतले ५ बिकेट लिए । आइतबारेका शुसिल काफ्ले, फडिन्द्र पौडेल, आदर्श कार्की र समिर कटुवालले १/१ बिकेट लिए ।
त्यस अघि ब्याटिङ गरेको आइतबारेले २० ओभर खेल्दै ६ बिकेट गुमाउदै १९२ बनायो ।
जसका लागी संन्जय मुर्मुले अबिजित ८१ रनको योगदान दिए । सुशिल काफ्लेले ३७ र आर्मस राईले १३ रन बनाए । हसहन्दका संन्जिव धिमालले ३ बुद्ध आलेले २ र सोलोमान राईले १ बिकेट लिए ।
खेलको म्यान अफ दि म्याच संन्जय मुर्मु घोषित भए ।
दोश्रो खेलमा किर्तिपुर सातबाघ बिजयी भयो । सातबाघले मंगलबारे लेजेन्ड माथी ९८ रनको जित हासिल गर्यो ।
सातबाघले दिएको १७३ रनको लक्ष्य पछ्याएको मंगलबारे १७ ओभर २ बलमा अलआउट हुदै ७५ रन बनायो । मंगलबारेका योगेश श्रेष्ठले १७ र निकेश बस्नेतले १५ रन बनाउन बाहेक अन्य खेलाडिले उत्कृष्ट खेल्न सकेन्न ।
मंगलबारेलाई सस्तैमा समेटन २ ओभर बलिङ गरेका दिपेश भण्डारीले ११ रन दिदै ३ बिकेट लिए । सातबाघका अस्विन महत र दिप सुबेदीले समान २/२ बिकेट लिए भने केलिन राई र रहर लामाको नाममा १/१ बिकेट लिए ।