काठमाडौं । घरेलु टोली अष्ट्रेलिया भारतबाट पराजित भएको छ ।
टी-ट्वान्टी विश्वकपको अभ्यास खेलमा भारतले ६ रनको जित हात पारेको हो ।
भारतले दिएको १ सय ८७ रनको लक्ष्य घरेलु टोलीले २० ओभरमा १० विकेट गुमाएर मात्र १ सय ८० रन बनायो ।
अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ७९ रनको अर्धशतकीय पारी खेले । मिचेल मार्शले ३५ तथा ग्लेन म्याक्सवेलले २३ रन बनाए ।
भारतका लागि मोहम्मद सामी ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
युजभेन्द्र चहल,अर्शदिप सिंह र हर्षल पटेलले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
भारतका लागि केएल राहुल र सुर्य कुमा यादवले अर्धशतकीय ईनिङ खेलेका थिए । राहुलले ५७ रन तथा यादवले ५० रन बनाए । दिनेश कार्तिकले २० रन तथा विराट कोहलीले १९ रन बनाए ।
कप्तान रोहित शर्माले १५ रन तथा अक्षर पटेल र रविचन्द्रन आश्विनले समान ६/६ रन बनाएका थिए ।
घरेलु टोलीका लागि केन रिचर्डसनले ४ तथा एस्टन अगर,ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान १/१ विकेट लिए ।