काठमाडौं । ईण्डियन प्रिमियर लिग (आइपिएल)ले आगामी मिनी अक्सनको प्रक्रिया सुरु गरेको छ ।
आईपीएलले १० फ्रेन्चाइज टोलीलाई नोभेम्बर १५ सम्ममा रिटेन खेलाडीको सूची पेश गर्न समय दिएको छ । अक्सनको मिति तय भइनसकेको भए पनि डिसेम्बरको तेस्रो सातामा अक्सन हुने सम्भावना रहेको छ ।
अघिल्लो अक्सनबाट बचेको रकमको अतिरिक्त, प्रत्येक टोलीसँग खर्च गर्न थप ५ करोड भारु हुनेछ । जसले समग्र अक्सन पर्स ९५ करोड भारु बनाउनेछ।
सन् २०२२ को आइपिएलमा ६ फ्रेन्चाइजीले इन्जुरी रिप्लेसमेन्ट ल्याएका थिए । यी फ्रेन्चाइजीहरूले प्रतिस्थापन खेलाडी वा मूल खेलाडीलाई कायम राख्ने वा खेलाडी सीमाले अनुमति दिएमा दुवैलाई कायम राख्ने निर्णय गर्नुपर्नेछ।