पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टन टिम इभेन्टमा त्रिभुवन आर्मी क्लबले महिला र पुरुष दुवै तर्फ स्वर्ण हात पारेको छ । आइतबार पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा महिला र पुरुषतर्फ आर्मीले दुई स्वर्ण पदक हात पारेको हो ।
महिला र पुरुष दुवैतर्फ त्रिभुवन आर्मी क्लबले एपिएफलाई हराउँदै स्वर्ण पदक हात पारेको हो । त्यस्तै, महिला पुरुष दुवै तर्फ एपिएफले रजत पदक हात पारेको छ । पुरुष तर्फ एनआरएन, नेपाल पुलिस क्लबलेले कास्य प्राप्त गरेका छन् । महिला तर्फ कास्य प्राप्त गर्ने सुदूरपश्चिमाञ्चल प्रदेश र प्रदेश नम्बर १ छन् ।
पहिलो दिनमा ब्याडमिन्टनको टिम इभेन्टतर्फ १४ खेल भएका थिए । महिला टिम इभेन्टतर्फ पहिलो चरणका खेलमा कर्णाली र बागमती, मधेस र एनआरएनए, नेपाल पुलिस क्लब र गण्डकी, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश खेलेका थिए । पहिलो चरणमा बागमतीलाई हराउँदै कर्णाली, मधेसलाई हराउँदै एनआरएनए, गण्डकीलाई हराउँदै नेपाल पुलिसले हराउँदै दोस्रो चरणमा पुग्न सफल भए । बाइ पाएका त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच भएको खेलमा आर्मी क्लब विजयी बन्दै सेमिफाइनल पुग्न सफल सफल भएको थियो ।
महिला टिम इभेन्टको दोस्रो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल भएको थियो । दोस्रो चरणको दोस्रो खेलमा एनआरएनए र प्रदेश १, तेस्रो खेलमा नेपाल पुलिस र एपीएफबीच खेल भएको थियो । दोस्रो चरणबाट सुदूरपश्चिम, प्रदेश १ र एपीएफ सेमिफाइनलमा पुग्न पुगेका थिए ।
पुरुष टिम इभेन्टको पहिलो चरणको पहिलो खेलमा कर्णाली र गण्डकी प्रदेश खेलेका थिए । त्यसमा जित निकाल्दै गण्डकी दोस्रो चरणमा पुगेको थियो । पहिलो चरणकै अर्को खेलमा एनआरएनएले प्रदेश १, लुम्बिनीले मधेस प्रदेशलाई हराउँदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सके । दोस्रो चरणमा गण्डकी नेपाल पुलिससँग स्तब्ध बन्दा सुदूरपश्चिमलाई हराउँदै एनआरएनए सेमिफाइनल पुग्न सक्यो । यस्तै लुम्बिनीलाई हराउँदै एपीएफले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो । बाइ पाएका त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको खेलमा बागमतीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको थियो ।