नवौं राष्ट्रिय : सेपाकताक्रोको पुरुष डबलको उपाधिका लागि आर्मी र प्रदेश १ भिड्ने
आइतबार, ३० आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सेपाकताक्रो पुरुष डबलतर्फ नेपाली सेना र प्रदेश नं १ स्वर्ण पदकका लागि भिडने भएका छन् ।
विभागीय टिम नेपाली सेनाले गण्डकी प्रदेशलाई र प्रदेश नं १ ले बागमती प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन् ।
महिला र पुरुषको फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न् ।
नवौं राष्ट्रिय : सेपाकताक्रोको पुरुष डबलको उपाधिका लागि आर्मी र प्रदेश १ भिड्ने










-1771379804067.webp&w=3840&q=75)


-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
