नवौं राष्ट्रिय : खोखोमा आर्मीको जित

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ।
पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अंकले हराएको हो ।
४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार ३ इनिङमा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो । प्रत्येक इनिङ ९ मिनेट खेलिने भएपनि अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको रेफ्री यमबहादुर थापाले जानकारी दिए।
रंगशालास्थित ह्यान्डबल एक्याडेमीमा सुरु भएको प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो । प्रतियोगिताको दोस्रो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेश भिड्दैछन् ।
खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिनआधारमा खेलाइने प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुनेछ ।










-1771379804067.webp&w=3840&q=75)


-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
