काठमाडौं । श्रीलंका युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ।
बिहीबार राति बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।
यस जितसँगै समूह 'बी' बाट श्रीलंकाले सुपर चारमा स्थान बनाएको हो । यस समूहबाट अफगानिस्तानले यस अघि नै सुपर चारमा स्थान बनाईसकेको छ ।
यस समूहमा अफगानिस्तान २ खेलमा ४ अंक जोडेर स्थानमा रह्यो । श्रीलंका २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । अंक विहीन बंगलादेश भने बाहिरिएको छ ।

बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि कुशल मेन्डीसले ६० रनको अर्धशतकीय इनिङ खेले । कप्तान डसुन सनकाले ४५ रन जोड्दा पाथुम निशन्काले २० रन बनाए ।
बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो ।
बंगलादेशका लागि आफिफ होसेनले ३९ रन जोड्दा मेहदी हसनले ३८ रन बनाए ।

महमुदउल्लाहले २७ तथा शकिब अल हसन र मोसाडेक होसेनले समान २४/२४ रन जोडे ।
श्रीलंकाक वानिन्दु हसरंगा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।