काठमाडौं । साविक विजेता अष्ट्रेलियाले घरेलु भूमिमा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ ।
आरोन फिन्चको कप्तानीमा अष्ट्रेलियाले १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
अष्ट्रेलियाले घोषणा गरेको टोलीमा ब्याट्सम्यान टिम डेभिडले पहिलो पटक स्थान बनाएका छन् ।
डेभिडले सिंगापुरबाट समेत अन्तराष्ट्रिय क्रिकेट खेलेका थिए ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
अष्ट्रेलियाले अघिल्लो संस्करणमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
अष्ट्रेलियाले घरेलु मैदानमा न्युजिल्याण्डविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्ने छ ।
