काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले क्यारेवियन प्रिमियर लिग(सीपीएल)मा विजयी सुरुआत गरेको छ।
ओन्डर पार्कमा बिहीबार बिहान सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले पराजित गर्दै जमैकाले सुखद सुरुआत गरेको हो । तर, पहिलो खेलमा सन्दीप टिममा थिएनन् ।
जमैकाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको प्याट्रियट्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो । उसका लागि शर्फियन रादरर्फोडले ३३ रन बनाए । आन्द्रे फ्लेचरले ३१ रन तथा ड्रिवाल ब्रेभिसले १४ रन बनाए । कप्तान ड्रोवेन ब्राबोले १३ रन बनाए ।
जमैकाका लागि निकहोल्सन गोरडनले ३ तथा इमाद वासिम र मिगाल पिडोरियसले २/२ विकेट लिए । मोहम्मद अमिर १ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । उसका लागि ब्रान्डन किंग्सले ५७ बलमा ८९ रनको अर्धशतकीय ईनिङ खेले । किमार लुईसले ४८ तथा कप्तान रोभमन पावेलले अविजित ३० रन बनाए ।
प्याट्रियट्सका लागि जाडेन क्रामिचाईल तथा ड्रोवेन ब्राबोले १/१ विकेट लिए ।
जमैकाको अर्को खेल शनिबार रहेको छ ।