काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले भोलि बिहीबार बिहान पहिलो खेल खेल्दैछ ।
सेन्ट किट्सस्थित ओन्डर पार्कमा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ मा रहेको छ । यस खेल प्रतियोगिताको उद्घाटन खेल हो ।
जमैकाले उद्घाटन खेलमा घरेलु टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्ससँग खेल्नेछ ।
तालाबाज र प्याट्रियोट्सबिचको पछिल्लो पाँच खेलमा दुवै टोली २/२ पटक विजयी भएका छन् । एक खेल भने नतिजा बिना नै टुङ्गिएको छ ।
कप्तान सन्दीप सीपीएल खेल्न केन्याबाट वेस्ट ईण्डिज प्रस्थान गरिसकेका छन् ।
बुधबार मात्र नेपालले केन्याविरुद्ध ५ खेलको टी-ट्वान्टी सिरिज जितेको थियो । उक्त सिरिजमा लामिछाने प्लेयर अफ द सिरिज भएका थिए ।
वेस्ट इन्डिजका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट टिमका उपकप्तान रोभम्यान पावेलको कप्तानी यस टोलीमा रहेने छ । १० औं संस्करणको सीपीएलको फाईनल भने सेप्टेम्बर ३० मा रहेको छ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।