काठमाडौं । पाहुना टोली न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-ट्वान्टी खेलमा हार व्यहोरेको छ ।
सोमबार बिहान तेस्रो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी हुँदै तीन खेलको टि-ट्वान्टी सिरिज क्लिनस्विप हुनबाट बचेको छ ।
न्युजिल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १९ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
उसका लागि ब्राण्डन किङ्स र सामरन ब्रुक्सले अर्धशतकीय ईनिङ खेले । ब्रुक्सले अविजित ५६ तथा किङ्सले ५३ रन बनाए ।
रोभमेन पावेल २७ रनमा अविजित रहदा डेभोन थोमसले ५ रन बनाए ।
भ्रमणकारी टोलीका लागि टिम साउदी र ईश सोधीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनायो ।
उसका लागि ग्लेन फिलिप्सले ४१ तथा कप्तान केन विलियम्सले २४ रन बनाए । डिभेन कन्वेले २१ तथा मार्टिन गप्टिलले १५ रन बनाए ।
घरेलु टोलीका लागि ओडन स्मिथले ३ तथा अकिल हुसाइनले २ विकेट लिए । डामेनिक ड्राकर्स तथा हेल्डन वाल्स जुनियरले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको तीन खेलको एकदिवसीय सिरिज बुधबारबाट सुरु हुनेछ ।