काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज न्युजिल्याण्डले जितेको छ ।
शनिबार बिहान दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज जितेको हो ।
न्युजिल्याण्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनायो ।
उसका लागि ओबेड म्याकोईले अविजित २३ तथा रोभमेन पावेलले २१ रन बनाए । रोमारियो सेफर्डले १८ तथा सिमरन हिटमायरले १४ रन बनाए ।
जासन होल्डरले ११ तथा हेल्डन वाल्स जुनियरले अविजित १० रन बनाए ।
भ्रमणकारी टोलीका लागि मिचेल स्टानेर तथा मिचेल ब्राकवेलले समान ३/३ विकेट लिए । टिम साउदी र ईश सोधीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय १५ रन बनायो ।
उसका लागि ग्लेन फिलिप्सले ७६ रनको अर्धशतकीय ईनिङ खेले । ड्यारियल मिचेलले ४८ तथा डिभेन कन्वेले ४२ रन बनाए ।
मार्टिन गुप्टिलले २० तथा जेम्स निसमले अविजित ९ रन बनाए ।
घरेलु टोलीका लागि ओबेड म्याकोईले ३ तथा रोमारियो सेर्फड र ओडन स्मिथले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो टी-ट्वान्टी खेल सोमबार हुनेछ ।