काठमाडौं । जिम्बावेविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले टिम घोषणा गरेको छ ।
भारतले केएल राहुलको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
बीसीसीआईको मेडिकल टिमले खेल्न अनुमति दिएपछि जिम्बावेविरुद्ध राहुल कप्तानीमा फर्किएका हुन् ।
यस अघि राहुल कोभिड -१९ को संक्रमण र चोटको कारण टिम बाहिर थिए ।
भारतले जिम्बावेविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय हारेरमा अगस्ट १८ मा हुनेछ ।
