ट्रिटनलाई क्रिकेट उपाधि
शुक्रबार, २७ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले टी– १० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो।
ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बने । ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित भए ।
गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट व्याट्सम्यान, गोल्डेनगेटकै रुपेश सिंह उत्कृष्ट बलर भए ।
ट्रिटनलाई क्रिकेट उपाधि





-1770898265562.jpg&w=3840&q=75)



-1770894249103.jpeg&w=3840&q=75)


-1770830065585.jpeg&w=3840&q=75)