काठमाण्डौं । अमृत थापा मगर र प्रवीणवीर सिंह कंशाकार ओलम्पिक डेका अवसरमा आयोजित खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल स्क्वास र्याकेट्स संघद्वारा आयोजित प्रतियोगितामा अमृतले मित्रलाल गुराउलाई ३–० तथा प्रवीणले माधव बाहेटीलाई ३–२ को सेटमा पराजित गरे । सोही स्पर्धामा अमिर ब्लोनले उमिद शाक्यलाई ३–२ तथा ज्ञानु चौधरीले प्रज्जवलप्रकाश प्रधानलाई ३–० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनल अमृत र अमिर तथा ज्ञानु र प्रवीणबीच हुनेछ ।
महिला सिंगल्सको सेमिफाइनलमा राष्ट्रिय च्याम्पियन भावना सुनुवारले स्वस्थानी श्रेष्ठ तथा विपना ब्लोनले आफ्नै बहिनी सपनासंग प्रतिस्पर्धा गर्नेछन् ।
मास्टर्स ५० वर्षमाथि सिंगल्समा महेन्द्र महर्जन, सुदीपबहादुर सिंह, अमरकेशर सिंह र इन्द्रबहादुर कार्की सेमिफाइनलमा पुगेका छन् ।