काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट श्रेष्ठ र लामा महिला सदस्यमा निर्वाचित भएका हुन् ।
महिला सदस्यमा निर्वाचित हुन श्रेष्ठले ४६ मत र लामाले ४३ मत प्राप्त गरिन् ।
विन्द्रा देवान र विना श्रेष्ठ पराजित भएका छन् ।
निर्वाचनबाट एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भईसकेका छन् ।