काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा एन्फा निर्वाचनको मतगणना सुरु भएको हो ।
निर्वाचनमा शतप्रतिशत ८४ मत खसेको छ ।
अध्यक्ष पदका लागि निर्वाचित हुन ५० प्रतिशत मत प्राप्त गर्नु पर्नेछ ।
त्यसअनुसार अध्यक्षमा निर्वाचित हुन ४३ मत ल्याउनु पर्नेछ ।
अध्यक्षमा तीन उम्मेदवार भएको कारण ५० प्रतिशत मत ल्याउनु पर्ने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ ।
यदि ५० प्रतिशत मत नकाटे कम मत पाउने उम्मेदवार बाहिरिने र बढी मत पाउने उम्मेदवारबीच पुन मतदान हुने निर्देशिकामा उल्लेख छ ।
अन्तिम दुई जनाले बराबर मत पाए गोलापर्थाबाट अध्यक्ष चुनिनेछ ।
अन्य पदको हकमा सामान्य बहुमत ल्याउने निर्वाचित हुनेछन् ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव पौडेल प्रतिस्पर्धामा छन् । मुख्य रुपमा शेर्पा र नेम्वाङबीच चर्को प्रतिस्पर्धा छ ।
दुवै जना प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षका प्रत्यासी राजिव पौडेलले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् ।