काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा भएको निर्वाचनमा भर्खरै मतदान सकिएको हो । निर्वाचनमा सबै मत खसेको छ ।
निर्वाचनको नतिजा आजै आउने छ । मतगणना केहि बेरमा सुरु हुनेछ ।
एन्फाको निर्वाचन प्रक्रियामा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लब सहभागी छन् । जम्मा ८४ भोटरले एन्फा निर्वाचनमा मतदान गरेका छन् ।
जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हाल्नेछन् ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव पौडेल प्रतिस्पर्धामा छन् । मुख्य रुपमा शेर्पा र नेम्वाङबीच चर्को प्रतिस्पर्धा छ ।
दुवै जना प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्षका प्रत्यासी राजिव पौडेलले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् ।