काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एन्फाले आफ्नो उपलब्धिको खोजि गर्न सुझाव दिएका छन् ।
सदस्य सचिव घिसिङले एन्फाको पछिल्लो कार्यसमितिले आफ्नो कार्यकालमा गरेको उपलब्धिको खोजीनिती गर्दै कहाँ चुक्यो भन्ने कुराको पनि ध्यान दिनुपर्ने बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ औं साधारणसभामा बोल्दै घिसिङले एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने बताए ।
उनले भने, ‘आज दक्षिण एसियामा फुटबलको स्थिति के छ ? त्यो विचार गरेर आफूलाई राम्रो बनाउन कस्तो खालको रणनीति अख्तियार गर्न जरुरी भन्ने विचार गरेर यो साधारण सभाले कार्ययोजना बनाओस्।’
उनले एन्फा संगठनमा नेतृत्व निर्माण भइरहेको तर यसको कार्यदिशा के हुने त्यो पनि हुन सक्नुपर्ने बताए ।
त्यस्तै नेपालमा सबै उमेर समूहका प्रतियोगिताका अझै पुग्दो नभएका बताए ।
उनले थपे, ‘एन्फाले केही गरिरहेको छ। तर अझै पुगेको छैन। जसले नयाँ प्रतिभाहरू खोज्न सकोस्।’ उनले आफ्नो देश आसपासकै देशको फुटबलले राम्रो दिशा लिँदै गइरहेको अवस्थामा आफूले पनि मेहेनेत गर्नुपर्ने बताएका छन्।
सबैभन्दा धेरै खेल पूर्वाधारहरूमा फुटबल नै अघि रहेको बताउदै सरकारले फुटबललाई धेरै रकम दिएकाले प्राथमिकताबीच रिजल्ट दिनुपर्ने बताए ।