बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खर्चिलो बन्यो एन्फाको चुनाव     

बिहिबार, ०२ असार २०७९खेलपाटी संवाददाता
खर्चिलो बन्यो एन्फाको चुनाव     
Classic Tech Internet Ad

काठमाडौं । केन्द्रिय प्रतिनिधि बन्न र ल्याउन लाखौंको खर्च, भब्य चुनावी घोषणा सभा, सम्पर्क कार्यालय स्थापना गरेर चुनावी गतिविधि, खर्चिलो चुनावी प्रचार शैली, उम्मेदवार र प्रतिनिधिको देश दौहाड भ्रमण, मतदानको हप्ता दिन अघिदेखि रिसोर्टमा गोप्यबास । 

अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन कति खर्चिलो बन्दै गएको छ भन्ने देखाउने यो केही उदाहरण मात्र हो । 

एन्फाको नयाँ नेतृत्वका लागि असार ६ गते केन्द्रिय निर्वाचन हुदैछ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् । फुटबल संघको नयाँ नेतृत्वका दुवै आकांक्षीले चुनाव जित्न कुनै कन्जुस्याई गरेका छैनन् । 

केन्द्रिय प्रतिनिधि ल्याउन मात्र विभिन्न जिल्लामा लाखौं रुपैयाँ खर्च गरेका दुवै उम्मेदवारले पछिल्लो एक महिनादेखि काठमाडौंमा सम्पर्क कार्यालय खोलेरै चुनावी गतिविधि गर्दै आएका छन् । विभिन्न जिल्ला र क्लबलाई आफ्नो पक्षमा तान्न आर्थिकदेखि विभिन्न प्रलोभनमा देखाउने गरेका छन् ।

एन्फामा आबद्ध केही जिल्ला, क्लब र संघ दुवै पक्षको प्यानल घोषणा सभामै खुलेका थिए । केहीले भने सार्वजनीक रुपमै आफुले समर्थन गर्ने प्यानलको पक्षमा उभिएका छन् । तर मध्यमार्गी धारमा रहेका केही जिल्ला र क्लबलाई आफ्नो पक्षमा तान्न दुवै पक्षले सक्दो कोशिश गरिरहेका छन् । त्यही धार चुनावी अंकगणितमा निर्णायक सावित हुने देखिन्छ ।

एन्फाको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका मानदेव हजारा एन्फा चुनाव धेरै महङ्गो बन्दै गएको टिप्पणी गर्छन् । 

‘राखेपको बोर्ड सदस्य भैसकेको हुनाले उपाध्यक्षमै उठ्ने मनसाय बनाएको थियो । अब चुनाव यति महङ्गो बन्यो कि आँट पनि गर्न सकिएन । एन्फा चुनावमा भएको खर्चले फुटबललाईनै बदनाम बनाउछ । चुनावमा गरेको खर्चको पूर्ती भोलि फुटबलबाटै गर्नुपर्ने हुन्छ । यसले आर्थिक सुशासन बिग्रने र भ्रष्टाचार बढाउने गर्छ ।’ उनले भने । 

अन्तराष्ट्रिय रुपमा ठुलो अनुदार विदेशबाट आउने भएकाले एन्फाको सत्तामा सबैको आँखा छ । झण्डै नेपाल सरकारको खेलकुदको बजेट र एन्फाको वार्षिक बजेट बराबरी जस्तैपनि देखिन्छ । अन्तराष्ट्रिय पहुँच, वर्षको अर्व भन्दा बढीको बजेट, देशभरको बलियो सञ्जाल, लोकप्रिय खेल, सबै ठाउँमा पहुचको हिसाबमा एन्फाको नेतृत्वमा जान जो कोही लालायित हुन्छन् ।

सोही कारण फुटबलको सत्तामा पुग्न उम्मेदवारले मोटो रकम खर्च गरेको देखिन्छ ।  

एन्फाको निर्वाचनका लागि वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङले करिब तीन वर्षअघि देखिनै तयारी गरेका थिए । सोही अनुसार एन्फाभित्र अध्यक्ष शेर्पाले नेम्वाङलाई पेल्ने र नेम्वाङले शेर्पालाई सिध्याउने खेल चल्दै आएको छ ।

चुनावी प्रक्रिया सुरु भैसकेपछि धेरै जिल्लामा दुवैको टकराब देखिन पुग्यो । पश्चिमको सुर्खेत, बाँके, कैलालीदेखि पूर्वको सिन्धुपाल्चोक, दोखला लगायतका जिल्लामा दुवै पक्षले लाखौं रुपैयाँ आफ्नो प्रतिनिधि तान्न खर्च गरेका छन् । 
प्रतिनिधि तान्न मात्र हैन, उनीहरुलाई खुसी पार्न, उपहार दिन समेत उम्मेदवारले लाखौं रुपैयाँ चुनावको दौरान खर्च गरेका छन् । 

एन्फामा देशभरका ४५ जिल्ला, ए, बी, सी र राष्ट्रिय लिगका क्लब र एन्फा आबद्ध संघका प्रतिनिधिले निर्वाचनमा भाग लिने गरेका छन् ।

‘चुनाव भनेपछि खर्च भैहाल्छ । साथीहरु रमाईलो गर्न खोजिहाल्छन् ।’ चुनावी अभियानका एक फुटबलकर्मीले भने, ‘राजनीतिमा सबै कुरा जायज हो भन्छन्, अलिअलि खर्च त भैहाल्छ ।’
 

Bajaj Pulsar Motorcycle Ad
#एन्फा चुनाव

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

Bajaj Pulsar Motorcycle Ad
खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए  संघर्षका कार्यक्रम गर्छौं

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए संघर्षका कार्यक्रम गर्छौं

पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने

पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा