एजेन्सी । शीर्ष वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिचले एटीपी फाइनल्स टेनिसमा विजयी सुरुवात गरेका छन् ।
सोमबार राति भएको पहिलो खेलमा जोकोभिचले अमेरिकन खेलाडी जोन इस्नरलाई पराजित गरेका हुन् ।
लण्डनमा भएको खेलमा जोकोभिचले १० दशौं वरीयताका इस्नरलाई ६ - ४ र ६ -३ को सोझो सेटमा पराजित गरे । स्पेनिस खेलाडी राफायल नाडालले प्रतियोगिताबाट हात झिकेपछि इस्नरले एटीपी फाइनल्स खेल्ने मौका पाएका हुन् ।
एटीपी फाइनल्स अन्तर्गत नै सोमबार राति एलेक्जेन्दर जेभेरेभले मारिन सिलीचलाई पराजित गरेको छ ।
यस्तै पहिलो खेलमा स्विस खेलाडी रोजर फेडेरर जापानका केइ निशिकोरीसंग स्तब्ध भएका थिए ।