गोबिन्द भट्टराई ।
नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय प्रतिभाहरुलाई सम्माननीय राष्ट्रपतिज्यूको हातबाट प्रतिभा पुरस्कार वितरण गर्छ । खेलेर के पाइन्छ भन्ने कुतर्कहरुलाई एउटा गतिलो झापड पनि हो यो । सरकारले गरेको सीमित राम्रा काममध्ये खेलकुद क्षेत्रको लागि एउटा यो हो । थुप्रै क्षेत्रमा त्यस्तो पुरस्कार दिने गरिन्छ । केही वर्ष अघिसम्म खेलकुदमा १० जनालाई पुरस्कृत गरिन्थ्यो । हाल त्यहाँको हालत कस्तो छ जानकारी भएन ।
पुरस्कार छनौटसग जोडिएको एउटा स्मरण बाकी छ । जसले हाम्रो राज्यतन्त्र कति निरीह, पक्षपाती र कमजोर छ भन्ने देखाउछ । त्यसमा संलग्न केही धूर्तहरु कति बलवान छन् । तिनले समग्र पद्धतिलाई कसरी नचाउन सक्छन् भन्ने सानो अनुभूति मात्र हो । सत्यनारायण मण्डल युवा तथा खेलकुद मन्त्री भएका बेला एकपटक प्रतिभा पुरस्कार छनौट समितिमा मलाई पनि राखिएछ । त्यो हाम्रा शासकका इच्छाभन्दा पनि तत्कालीन एमाले खेलकुद इन्चार्ज कर्णबहादुर थापाको जोडबलमा । यसका लागि कर्ण सरलाई धन्यवाद दिनैपर्छ ।
त्यसअघि पनि पुरस्कार दिइन्थ्यो जुन धेरै पटकको छलफलपछि ठुलो मिहेनतले छनौट गरिदो रहेछ । केही पदेन र विज्ञ गरी ५ जना जतिलाई समावेश पनि गरिदोरहेछ । विज्ञ र पदेनज्यूहरु पुग्दा मन्त्रालयबाट राम्रैसग काम सकेर माइन्युट तयारै भइसकेको हुनेरहेछ । उहाहरुलाई किन दुःख दिनु भनेर होला ! हतारमा पुगेका सदस्यहरुलाई फर्कनै हतार भइहाल्ने । तसर्थ, माइन्युटमा दस्तखत र केही खाम हामीहरुको मुख्य काम हुने रहेछ । त्यसवर्ष हामीले सजिलो कामलाई बोझिलो, वाहियात र बिरसिलो बनायौ ।
कर्मचारीले पहिल्यै तयार परेका केही प्रतिभाहरुबारे निकै छलफल, विवाद र पुनःअध्ययन गर्ने तहमा पुग्यौ । सकेजति ग¥यौ, गर्न खोज्यौ । सत प्रतिशत राम्रो कसलाई मान्नु ? हामीले मोटामोटी ठीकै निर्णय गर्यौं । त्यसले मन्त्रालयमा असहज परिस्थिति सृजना भएछ । एउटा नागरिकले ठुलो कुरा गर्ने ? मन्त्रालयको प्रस्तावमा असहमति जनाउने ? तर्क, तथ्य र कारण सहित त्यो पनि ! त्यसको केही दिनपछि काठमाडौमा कतै डुल्दै थिए । एकजना मित्रको फोन आयो । उहाले धन्यवाद दिनुभयो । कारण यसपटक अब्बल छनौट भयो रे । म झस्किए उहालाई कसरी थाहा भो ? किनकी पुरस्कार दिने समयमा मात्र मन्त्रालयबाट आधिकारिक वक्तव्य जारी गर्नेमा हाम्रो सहमति थियो । मैले पहिले रकमी कुरा गरे। सोधे तपाईलाई कसरी थाहा भयो ? उहा हास्नुभो । बेइमान र धूर्तहरुले मिटिङकै बदला मज्जाले लिएछन् मसग ।
हजारौलाई निम्ता गरिएको सोहि पुरस्कार वितरण समारोहमा म त बाहिरै पो परेछु । जब कि अन्य केही छनौटकर्ताहरुलाई त राष्ट्रपतिज्यूसगै बसाइएको लहरमै पो देखेछन् र मलाई पनि सगै होला भन्ने लागेर फोन गरेका रहेछन् । झट्ट कुरा मिलाए । सन्चो नभएकोले केही दिनदेखि आराम गरिरहेको बताए । आखा दुखेको बहानामा मिडियाबाट टाढा रहेको भने । एउटा कुरा भने आजसम्म खड्किरहेको छ, यो देश कसले चलाउछ ? जनताले अर्थात् जनप्रतिनिधिले ? कर्मचारीले कि बिचौलियाले ? व्यापारीले कि विदेशीले ! केन्द्रिय सरकार सबैभन्दा धेरै जनतासग प्रत्यक्ष घुलमिल हुने र एकैपटक देशवासीलाई एकताको सूत्रमा बाध्न सक्ने राष्ट्रिय गौरवको क्षेत्र हो खेलकुद । जमैका, क्युबाजस्ता देश चर्चामा रहने एउटा क्षेत्र खेलकुद पनि हो ।
एकैपटक नेपालको युवा तथा खेलकुद मन्त्रालयले लाखौ युवालाई नेतृत्व गर्न सक्छ । महत्वपूर्ण मन्त्रालयमा नेतृत्व लिनु भनेको अपमान ठान्ने चिन्तन भएसम्म खेलकुदले कसरी सही ट्रयाक समाउला ? स्थायी सरकार मानेको कर्मचारीतन्त्र कस्तो व्यवहारमा चल्दोरहेछ । एउटा सानो भोगाई मैले सुरुमै बताइसके । खेलकुदजस्तै भए पनि यहासम्म टिकाइराख्न राष्ट्रिय संघहरुको ठुलो भूमिका छ ।
निजी र व्यवसायिक क्षेत्रले राष्ट्रिय संघको सहकार्यमा टिकेका मात्र छौ । उचित सरकारी नीति, कार्यक्रम र व्यवहार जरुरी छ । तर दुखद कुरा पछिल्ला मन्त्री, सचिव, सहसचिव अनि राखेपका सदस्यसचिव लगायतका पदाधिकारीको नेतृत्वले निराश बनाउदैछन् । सुखद सङ्केत पक्कै होइन यो । कर्मचारीतन्त्रलाई मात्र दोष दिएर हुन्न । जबसम्म हामी असल सिस्टमको विकास गर्दैनौ । सिस्टम बसाउन राजनीतिक नेतृत्व जान्दैनन् या बनाउदैनन् । राखेप सदस्य सचिवहरुको तजबिजी अधिकारसहितको लुट टुलुटुलु हेरेर कसरी बसुन् हाकिम र मन्त्री पनि । अधिकांश सदस्यसचिव, मन्त्रीहरुलाई मेरो अनुरोध हुन्थ्यो पहिला पनि ‘तपाईंहरुले केही नगरे पनि कृपया हामीलाई दुःख नदिनुहोस् ।’
(शाहसीक तथा पर्यटकीय खेलकुदमा क्रियाशिल खेलकुद विज्ञ गोबिन्द भट्टराईको मंगलबार सार्वजनीक हुने किताब कार्ल माक्सको कसमबाट)