काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फाको अनुशासन कमिटीमा निवेदन बुझाएका छन् ।
फिफाको प्रतिबन्धमा रहेका थापाले सोमबार एन्फाको अनुशासन कमिटीमा निवेदन बुझाएका हुन् ।
वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले निर्दोष आफुविरुद्ध चरित्रहत्या गर्ने उदेश्यले झुटा र काल्पनिक आरोप लगाएको र जसको सत्यतथ्य छानबिनको माग गर्दै थापाले निवेदन बुझाएका हुन् ।
यस अघि थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई निवेदन दिएका थिए ।