काठमाडौं । ओलम्पिक डेको अवसरमा ‘कम एण्ड सुट’ आर्चरी कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ लगायतक पदाधिकारीको सहभागितामा नेपाल आर्चरी संघले कार्यक्रमको आयोजना गरेको हो ।
सातदोबाटोस्थित ओलम्पिक भवन परिसरमा भएको कार्यक्रममा ओलम्पिक कमिटिका अध्यक्ष सहित उपाध्यक्ष ज्योती राणा, सदस्य निरेन्द्र राज श्रेष्ठ र अशोक बज्राचार्य सहभागि थिए । कार्यक्रममा एसीयन गेम्सको तयारीमा रहेका खेलाडी, संघका पदाधिकारी र ओलम्पियन खेलाडीहरु सहभागि थिए ।
प्रत्येक बर्ष जुन २३ तारिखमा ओलम्पिक डे मनाईदै आएको छ । सन् १८९६ मा ग्रिसबाट सुरु भएको ओलम्पिक डे २ सय ७ देशले मनाउदै आएका छन् । नेपाल ओलम्पिक कमिटिले दिवसका अवसरमा ७२ वटा कार्यक्रमको आयोजना गरेको छ ।
सोही कार्यक्रम अन्तर्गत ओलम्पिक कमिटिले आर्चरी संघलाई कार्यक्रम आयोजनाको जिम्मेवारी दिएको हो ।