हालान्डको आगमनले दबाबमा योर्गेन

एजेन्सी । एर्लिङ हालान्ड म्यानचेस्टर सिटीमा आवद्ध भएपछि क्लब समर्थकहरू उत्साहित छन् ।
यसले क्लबका सबैभन्दा ठूला प्रतिद्वन्द्वीको समेत ध्यान तानेको छ, जसमा लिभरपुल पनि समावेश छ । सिटीले हरेक वर्ष लिभरपुलसँग लिग सहित अन्य प्रतियोगिताका लागि प्रतिस्पर्धा गर्दै आएको छ ।
हालान्डको आगमनलाई लिएर केही पत्रकारले लिभरपुल प्रशिक्षक योर्गेन क्लोपलाई प्रश्न गरे ।
मंगलबार हुने एस्टन भिल्लासँगको खेलअघि मिडियासँग कुरा गर्दै क्लोपले भने, ‘यो अनुबन्धले नयाँ स्तर निर्माण गर्न सक्छ ।’
‘एर्लिङ हालान्ड म्यानचेस्टर पुगे भने, यसले उनीहरूलाई पक्कैपनि कमजोर बनाउदैन ।’ क्लोपले भने ।
‘मलाई थाहा छ, अहिले अरू मानिस पैसाको बारेमा कुरा गर्छन्, तर यो स्थानान्तरणले नयाँ स्तर बनाउनेछ ।’ उनले भने ।
हालान्ड फरक खेलाडी हुन् । उनी सम्भावित भविष्यका बालोन डी’ओर विजेता हुन् । महान खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको युगपछि नयाँ पुस्ताका केलियन एमबाप्पेसँग हालान्डलाई निकटतम प्रतिद्वन्दीको रुपमा हेरिएको छ ।
क्लोपलाई थाहा छ कि सिटीले खर्च गर्न जारी राख्नेछ, र रेड्सले पनि खर्च गर्नुपर्नेछ । म्यानचेस्टर सिटी युरोपमा आफ्नो बर्चस्वको खोजीमा रहेको छ । तर अझै सफलता हात परेको छैन । त्यसैले हालाण्डको आगमनपछि अब सिटी फेरी युरोपको सर्वोत्कृष्ट हुन प्रयास गर्नेछ ।
लिभरपुल हाल प्रिमियर लिगको तालिकामा म्यानचेस्टर सिटीभन्दा तीन अंकले पछि छ । लिग सकिएको छैन, तर लिभरपुलले लिग जित्नको लागि चमत्कारको आशा गरेको छ । अब हालान्डको आगमनसँगै अर्को सिजन लिभरपुल र युर्गेन क्लोपका लागि झनै कठिन भएको छ ।
एर्लिङ हालान्ड इतिहाद आउने कामले यस हप्ताको अन्त्य सम्ममा औपचारिकता पुरा गर्नेछ । सिटीले एस्टन भिल्लाबिरुद्ध खेल दौरान घरेलु रंगशालामा उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
उनले बेल्जियममा मेडिकल टेस्ट पनि पास गरिसकेको रिपोर्ट छ । म्यानचेस्टर सिटीले डर्टमण्डलाइ रिलीज क्लजमा लगभग ६० मिलियन पाउण्ड खर्च गरेको छ ।













