आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

दोधारमा हालाण्ड

आइतबार, २५ बैशाख २०७९खेलपाटी संवाददाता
दोधारमा हालाण्ड
Loading ad...
mustang rice ad

एजेन्सी । मेको अन्त्य हुनुभन्दा अघि नर्वे तथा जर्मन क्लब बोरूसिया डर्टमन्ड का स्ट्राइकर एर्लिङ हालाण्डले आफ्नो अर्को गन्तव्यमा निर्णय गर्नेछन् । उनका लागि प्रिमियर लिगको महारथी म्यानचेस्टर सिटी र स्पेनिस महारथी रियल मड्रिड मुख्य गन्तब्य हुन् । त्यसैले यसलाई लालिगा र प्रिमियर लिगको बीचमा प्रतिष्ठाको लडाईको रुपमा पनि विश्व फुटबलले हेरिरहेको छ ।

हालान्ड विश्व फुटबलले देखेका उत्कृष्ट युवा स्ट्राइकर हुन्, जसलाई अनुबन्ध गर्न युरोपका सबै ठुला क्लब लागिपरेका छन् । तर सबै हिसाबले यो दौडमा सिटी र मड्रिडनै अघि छन् । यद्धपी महत्वपूर्ण कुरा पिएसजीलाई पनि बिर्सनु हुँदैन ।

आफ्ना उत्कृष्ट खेलाडी केलियन एमबाप्पेको सम्झौता नवीकरणको व्यवस्थापनमा चुकिरहँदा पीएसजीको आत्मसम्मानमा ठुलो आघात पुगेको छ । एक किसिमले फ्रेन्च च्याम्पियन घाइते छ । कतारी मालिकले आफ्नो अर्को महत्वकांक्षी सपना दिएर एम्बाप्पेलाई फकाउने प्रयास गरिरहेका छन् भने अर्कोतर्फ ‘फाइनान्सियल फेयर प्ले’ बिर्सने यूईएफएको रबैयाको अतिरिक्त फाइदा पीएसजीलाई छ । तर हालाण्डको प्राथमिकताको आधारमा सिटी र म्याड्रिड राम्रो अवस्थामा छन् ।

गत केही हप्तामा हालाण्डका एजेन्ट मिनो रायोलाले आफ्नो अत्यधिक मागलाई दोब्बर गरेर अन्तिम लिलामीलाई सक्रिय पारेका थिए । रायोला अब रहेनन् । यो ठ्याक्कै रियल मड्रिडले आफ्नो लागि देखेको एउटा ठूलो अवरोध हो । उनले आफ्नो खेलाडीका लागि तलब मात्रै ३० मिलियन नेट मागेका थिए । साथै सम्झौतामा हस्ताक्षर गर्दा आफुसँग र हालाण्डका बुबासँग सम्बन्धित केही सर्त पनि जोडेका थिए । प्रस्तावित रकमलाई रियल म्याड्रिडका निर्देशकले अस्विकार गर्ने पक्का जस्तै छ । स्ट्राइकरको शारीरिक अवस्थाबारे पनि केही शंका छन्, किनकी २१ वर्षको उमेरमा हालाण्ड १४ पटक घाइते भैसकेका छन् । यसै सिजनमा पनि तीन पटक । 

यो एउटा ‘अलर्ट टोन’ हो, जसले रियल मड्रिडलाई झस्काएको छ । रियल ग्यारेथ बेल, हाजार्डको चोट रेकर्डलाई ध्यानमा राख्दै यो सावधानी पूर्णतया बुझ्न सक्छ । क्लबलाई थाहा छ, चोटको कारणले असफल सुचिमा तेस्रो स्टार थप्न अब छुट छैन् । 

हालाण्ड दोधारमा छन् । 

विश्व फुटबलका महान प्रशिक्षक पेप ग्वार्डिओलाका लागि प्रिमियर लिगमा खेल्दै म्यानचेस्टर सिटीको लिजेण्ड बन्ने कि ईतिहास बोकेको रियल म्याड्रिडको हिस्सा हुने ? हाल्याण्डले यसलाई धेरै विचार गरिरहेका छन् । मड्रिडलाई विश्वास छ कि यदि अन्तिम निर्णय खेलाडीले गरेमा उसको सम्भावना बढ्ने छ । तर हालाण्डका बुवाले पैसाको कारण देखाएमा सम्भवतः उनी म्यानचेस्टर सिटी पुग्नेछन् । हुनपनि आफुले खेलिसकेको क्लबमा छोरालाई स्थापित गराउन उनलाई पनि ईच्छा हुनेछ । आखिर सिटी हालाण्डले बच्चा बेलामा नै भावना जोडेको क्लब हो ।

म्यानचेस्टरले हालैका हप्तामा यो सबै प्रयास आफ्नै तरिकाले मात्र गरेको छैन, ग्वार्डिओलाले हाल्याण्डसँग प्रत्यक्ष टेलिफोन वार्ता गरेर उनलाई आफ्नो टीमलाई गोल गर्न आवश्यक स्ट्राइकर हुन् भन्ने कुरामा विश्वस्त गराइसकेका छन् । त्यसबाहेक क्लब उनलाई एकदमै ठूलो तलब दिएर महङ्गो मुल्यमा अनुबन्ध गर्न इच्छुक छ ।

सिटीले डर्टमुन्डलाई रिलिज क्लज ७५ मिलियन तिर्ने अफर गरेको जुन शैली थियो, लाग्छ उसलाई जसरी पनि हालाण्ड चाहिएको छ । उसलाई नम्बर ९ को खाँचो छ । म्यानचेस्टर विश्वस्त छ, हालाण्ड आएपछि टिम पुरा हुनेछ । चाहे भविष्यमा हालाण्डले स्पेनमा खेल्ने आफ्नो इच्छा पूरा गर्न सक्ने सर्त मान्नु किन नपरोस् ।        

 

Loading ad...
LiNing Ad
# हालाण्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना