एजेन्सी । दोस्रो वरीयताका टेनिस स्टार राफायल नाडालले एटीपी फाइनल्स नखेल्ने भएका छन् । नाडालले एन्कल इन्जुरीका कारण लण्डनमा नोभेम्बर ११ बाट सुरु हुने एटीपी फाइनल्स गुमाउने भएका हुन् ।
नाडालले एन्कलको शल्यक्रिया गर्नु परेको कारण एटीपी फाइनल्सबाट हात झिकेको बताएका छन् । नाडालले यसअघि पेरीस मास्टर्सबाट पनि नाम फिर्ता लिएका थिए ।
३२ बर्षिय नाडालले नाम फिर्ता लिएसंगै अमेरिकाका जोन इस्नरले एटीपी फाइनल्स खेल्ने मौका पाएका छन् ।