एन्फा सुनसरीको अध्यक्षमा नबिन
बिहिबार, बैशाख ८, २०७९नमीन ढकाल

इलाम । अखिल नेपाल फुटबल संघ (एन्फा) सुनसरीको अध्यक्षमा नबिन राई सर्वसम्मत निर्वाचित भएका छन् ।
आज (बिहीबार) सम्पन्न अधिवेशनबाट राईको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा दयानन्द रौनियार, मनोज थापा र भेषराज कार्की चुनिएका छन् । यस्तै महासचिवमा कोविद जंग कार्की चयन भएका छन् ।
सदस्यहरुमा बाबुराम प्रसाद बजगाई, देवचरण बहरदार, पशुपति कुमार सरदार, केशव कुमार कार्की, खेमराज कोइराला, प्रताप तामाङ, घनश्याम बुढाथोकी र धनबहादुर राई रहेका छन् ।
महिला सदस्यमा शारदा लिम्बु निर्वाचित भएको निर्वाचन समिति सदस्य अर्जुन सुवेदीले जानकारी दिए ।

#अखिल नेपाल फुटबल संघ (एन्फा) सुनसरीको अध्यक्षमा नबिन राई सर्वसम्मत निर्वाचित भएका छन् ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

