काठमाडौं । ललितपुर जिल्ला फुटबल संघको अध्यक्षमा पुरुषोत्तम थापा निर्वाचित भएका छन् ।
बिहीबार भएको संघको साधारण सभाबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले (६ भोट) अर्का उमेदवार दिनेश ब्यान्जन्कारलाई (४ भोट) पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा दिपक थापा मगर, प्रविन थापा र निरोज तुलाधर निर्वाचित भए । महासचिवमा प्रविन श्रेष्ठ र कोषाध्यक्षमा रजत राज खनाल मनोनित भएका छन् ।
सदस्यहरुमा प्रितम शाक्य, पुस्कर केसी, शिव श्रेष्ठ, शिशिर बिक्रम हमाल, राजु केसी, शंर कुमार थापा मगर, विश्वराज राई, कृष्ण कुमार थापा, सन्दन थापा मगर र राजन पन्त निर्वाचित भए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । केन्द्रिय निर्वाचन अघि जिल्लाको निर्वाचन धमाधम भईरहेको छ ।