भक्तपुर जिल्ला फुटबल संघको निर्वाचन सर्यो
बुधबार, बैशाख ७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भक्तपुर जिल्ला फुटबल संघको निर्वाचन सरेको छ ।
भक्तपुर जिल्लाको निर्वाचन आज बुधबार हुने तय थियो ।
तर, निर्वाचनका लागि तयारी नपुगेको कारण वैशाख १० गतेसम्मको लागि निर्वाचन सारिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पठाएको पर्यवेक्षक उपेन्द्रमान सिंहले तयारी नपुगेको कारण निर्वाचन सरेको जानकारी गराए ।
'निर्वाचन समितिको तयारी नपुगेर मिति सारिएको हो,' उनले भने, 'अब १० गते हुन्छ ।'
अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । केन्द्रिय निर्वाचन अघि जिल्लाको निर्वाचन धमाधम भईरहेको छ ।
एन्फाको निर्वाचनमा ४५ जिल्ला संघले मताधिकार प्राप्त गर्ने छन् ।
भक्तपुर जिल्ला फुटबल संघको निर्वाचन सर्यो









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

