काठमाडौं । चेन्नई सुपर किङ्सका फस्ट बलर दिपक चाहारले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् ।
चाहारले ढाडको चोटका करण बाँकी रहेको आईपीएलको खेल गुमाउने भएका हुन् । चाहार आईपीएलबाट बाहिरिएपछि चेन्नईलाई झट्का लागेको छ ।
साविकको विजेता चेन्नई जारी सिजन खराब लयमा रहेको छ । उसले ५ खेलमा मात्र १ खेल जितेको छ । चेन्नई लिगको तालिकामा अंक विहीन मुम्बई भन्दा मात्र अघि छ । १० टिम सहभागी लिगमा चेन्नई नवौं स्थानमा छ ।
दिल्लीका फिजियोलाई कोरोना
दिल्ली क्यापिटल्सका फिजियो फर्हार्टलाई कोरोना पोजेटिभ देखिएको छ । उनलाई कोरोना पोजेटिभ देखिना साथ मेडिकल टिमको निगरानीमा रहेका छन् ।